News मुख्य समाचार

प्रधानन्यायाधीश पराजुलीको इजलाश न्यायाधीश राणाद्धारा बहिस्कार

दवावमा प्रधान न्यायाधीश पराजुली

प्रधानन्यायाधीश पराजुलीको इजलाश न्यायाधीश राणाद्धारा बहिस्कार

काठमाडौं । विवादित प्रधानन्यायाधीशसँगको बेन्चमा रहेर न्याय सम्पादन गर्न भन्दै न्यायाधीस चोलेन्द्रसमशेर राणाले पूर्ण इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश पराजुलीको अवकाश गत साउनमै भएको दाबी गर्दै न्यायाधीश राणाले पूर्ण इजलास बहिस्कार गरेका हुन्।

 

याे संगै कान्तिपुर दैनिकविरुद्ध सर्वोच्च अदालतको अवहेलना मुद्दामा नयाँ ट्विस्ट आएको छ । विवादित न्यायाधीश पराजुलीको यथार्थ उमेरअनुसार गत वर्षको साउनमा नै अवकाश भइसक्नुपर्ने जनाएका छन्। अवकाश भइसक्नुपर्ने व्यक्तिसँग बेन्चमा नबस्ने उनले इजलास सुरु हुनुअघि जानकारी गराएका थिए ।

 

पराजुली, राणासँगै इजलासमा ओमप्रकाश मिश्र, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए । सर्वोच्च अदालतको अवहेलनामा डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्धको मुद्दा गोपाल पराजुलीले आफूसहितको पूर्ण इजलासमा राखेका थिए ।

 

राणाले कान्तिपुर र केसीकोमात्र होइन अबदेखि पराजुलीसँग बेन्चमा नबस्नेसमेत बताएपछि प्रधान न्यायाधीशमाथि थप दवावमा परेको छ। पराजुली फरक फरक मितिका नागरिकताका कारण विवादको केन्द्रमा रहँदै आएका छन्।

 

उनको नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा प्रश्न उठाउँदै समाचार लेखेको कान्तिपुर दैनिक र अनशनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई अदालतको अवहेलना मुद्दा छ।

विशेष