News

विमान दुर्घटना अपडेटः ५० बढीको मृत्यु, ४० को शव निकालियो

विमानको आगो निभाइयो, ८ जनाको अस्पतालमै मृत्यु

विमान दुर्घटना अपडेटः ५० बढीको मृत्यु, ४० को शव निकालियो

काठमाडौं । ६७ यात्रु र चार चालक दलका सदस्य सहित बंगलादेशबाट काठमाडौं आएको विमान दुर्घटना हुँदा ५० भन्दा बढीको मृत्यु भएको बुझिएको छ । ४० को शव निकालिएको छ ।

 

उद्धार कार्य जारी भए पनि अधिकांश यात्रुको मृत्यु भएको बताइएको छ । दुर्घटनाको क्रममा घाइते भएकाहरुलाई तत्कालै अस्पताल पुर्याइएको छ ।

 

विमानस्थल नजिकै रहेको अस्पताल केएमसी पुर्याइएका ८ घाइतेको मृत्यु भएको छ । घटनापछि विमानमा लागेको आगो भने नियन्त्रणमा लिइएको छ ।

 

साथै अहिले घटनाको विवरण बुझ्न प्रधानमन्त्री, गृहमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरु घटनास्थल पुगेका छन् । विमानमा यात्रारत अधिकांश बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी रहेको बुझिएको छ ।

 

विशेष