अपडेटः दुर्घटनामा परेको विमानमा ३३ नेपाली यात्रु रहेकाे खुलासा
काठमाडौं । त्रिभुवन विमानस्थलमा अनियन्त्रित भइ दुर्घटनामा परेको युनाइटेड वंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली यात्रु यात्रारत रहेकाे बुझिएकाे छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार ३३ नेपालीसहित ६७ जना यात्रु रहेको विमानमा ४ जना चालक दलका सदस्य थिए । उक्त विमान दिउँसो २ बजेर १८ मिनेटमा धावनमार्गको पूर्वतिर दुर्घटना भएको हाे ।
विमान नियमित रुटभन्दा बाहिरबाट आएर दुर्घटनामा परेको प्रारम्भिक विवरण प्राप्त भएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि अस्पताल पुर्याइएको छ भने २० को शव निकालिएको छ । मृत्यु हुनेकाे कुनै पहिचान खुलेकाे छैन् ।