विमान दुर्घटनामा ट्राभल एजेन्सीका १६ प्रतिनिधि
काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा नेपालका विभिन्न ट्राभल एजेन्सीका १६ जना प्रतिनिधिसमेत रहेका छन्।
बंगलादेश विमानका लागि टिकट बिक्रीमा राम्रो कारोबार गर्ने उत्कृष्ट एजेन्सीका प्रतिनिधि मार्च १० को कार्यक्रममा सहभागी हुन ढाका गएका थिए। कार्यक्रम सकेर फर्किएका उनीहरु दुर्घटनामा परेका हुन्।
चालक दलका ४ सदस्यसहित ७१ जना सवार युएस-बाङ्ला एयरलाइन्सको फ्लाइट नम्बर यु बिजी २११ को विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दिउँसो २:२० बजे दुर्घटनामा परेको थियो।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म ४७ को शव निकालिएको छ ।