अपडेटः विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइते
काठमाण्डाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले ४९ जनाको दुर्घटना स्थलमा मृत्यु जानकारी दिएका छन् ।
७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना बेपत्त रहेका छन् । घाइतेहरुको केएमसी, नर्भिक, शिविल, ग्राण्डीलगायतका अस्पतालमा उपचार भइरहेको छ ।
बंगलादेशकाे राजधानी ढाकाबाट काठमाडौंका लागि आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।