सैन्य शक्तिमा नेपाल ९७ औं स्थानमा, अन्य देशकाे स्थान यस्ताे छ
काठमाडौ । सैन्य शक्तिको हिसाबले नेपाल विश्वको ९७ औ स्थानमा परेको छ । सन् २०१७ मा विश्वभरका एक सय ३३ मुलुकको सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा नेपालले गत वर्ष भन्दा सुधार गरेको छ ।
काठमाडाैं । नेपाल गत वर्ष ९८ औं स्थानमा थियो । विश्वभरका आधुनिक हतियार र सैन्य शक्तिको विश्लेषण तथा अनुसन्धान गर्ने संस्था ‘ग्लोबल फायर पावर’ (जीएफपी ) ले यस्तो वर्गीकरण गर्ने गर्छ। वर्गीकरणमा अमेरिका पहिलो, रुस दोस्रो स्थानमा रहेका छन् ।
नेपालका दुई छिमेकी चीन र भारत क्रमस तेस्रो र चौथो स्थानमा छन् । जीएफपीले सैन्य शक्तिको वर्गीकरण गर्दा परम्परागत युद्ध हतियार तथा उपकरणलाई समावेश गरिएको जनाएको छ । यसमा परमाणु हतियार भने समावेश गरिएको छैन ।
वर्गीकरणमा दक्षिण एशियाली मुलुक भुटान अन्तिम एक सय ३३ औ स्थानमा परेको छ भने पाकिस्तान १३ औ स्थानमा परेको छ । त्यस्तै बंगलादेश ५७ औ स्थानमा परेको छ भने अफगानिस्तान ६९ औ स्थानमा परेको छ ।
सैन्य शक्तिको वर्गीकरण गर्दा कति परिमाणमा हतियार छन् भन्दा पनि हतियारको विविधतालाई जोड दिइएको उक्त संस्थाले जनाएको छ । त्यस्तै उपलब्ध जनशक्ति विशेष मापदण्ड मानिएको छ । याे खबर अाजकाे नागरिकमा दैनिकमा छ ।