News मुख्य समाचार

मृत्यकका आफन्तलाई शव बुझाउने तयारी, पहिचान नभए डिएनए परीक्षण

मृत्यकका आफन्तलाई  शव बुझाउने तयारी, पहिचान नभए डिएनए परीक्षण

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सोमबार अवतरणका क्रममा युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव आफन्तलाई बुझाउने तयारी गरिएकाे छ ।

 

उक्त विमान दुर्घटनामा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको थियो । मृत्यु भएकाहरुका मध्ये ८ वटा शव केएमसी अस्पतालमा राखिएकाे छ भने अन्यकाे त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । केएमसीबाट शव शिक्षण अस्पताल लगिने छ ।

 

नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेका अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरी पहिचान भएका शव आफन्तलाई हस्तान्तरण गरिने छ । ‘केही शव जलेर चिन्न नसकिने अवस्थामा रहेकाले तिनीहरुको डिएनएसमेत परीक्षण गर्नु पर्ने हुन्छ’ उनले भने, त्यसका लागि समय पनि लाग्न सक्छ ।

 

शव पहिचानका लागि आफन्त अस्पताल पुगेका छन् । दुघर्टनामा २२ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका चार सदस्य गरी ७१ जना सवार युएस बंगलाको विमान हिजो दिउसो अवतरण गर्ने क्रममा त्रिभुवन विमानस्थलको धावन मार्गमा दुर्घटनामा परेको थियो । विमानमा ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक सवार थिए ।

विशेष