News

विमान दुर्घटना हुनुअघि पाइलटसँग ३७ मिनेट यस्तो संवाद भएको थियो (अडियोसहित)

दुर्घटनाअघि पाइलटसँगको संवाद सार्वजनिक भएपछि पर्यटन मन्त्रालयसम्मै तरंग

विमान दुर्घटना हुनुअघि पाइलटसँग ३७ मिनेट यस्तो संवाद भएको थियो (अडियोसहित)

काठमाडौं । यूएस–बंगला विमान दुर्घटनाको कारण नागरिक उड्डयन प्राधिकरणभित्रै तरंग पैदा भएको छ । पर्यटन मन्त्रालयले प्राधिकरणका उच्च पदाधिकारीलाई स्परिष्टकरण सोध्ने बुझिएको छ ।

 

सोमबार दुर्घटनापछि नै अन्तर्राष्ट्रिय विमानस्थलस्थित टावर एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का ६ जना कर्मचारीहरुलाई अर्कै विभागमा सरुवा गरिएको छ ।

 

एटिसी र विमानको ककपिटबीच भएको गोप्य संवाद सार्वजनिक भएपछि नै नागरिक उड्डयान प्राधिकरणले कर्मचारीलाई सरुवा गरेको हो । प्राधिकरणले भने कर्मचारीहरुलाई मानसिक तनाव हुनसक्ने भन्दै सरुवा गरिएको बताएको छ ।

 

सोमबार दुर्घटनापछि भने एटिसी र ककपिटबीचको गोप्य संवाद विश्वभर फैलिएको छ । आधा घण्टा बढी लामो उक्त अडियो ह्याक गरिएको हुनसक्ने अनुमान छ । जहाँ एटिसीका कर्मचारी र पाइलटबीच संवाद छ ।

 

सामान्यतः यस्ता अडियो सार्वजनिक गर्न नहुने भनी कर्मचारीलाई कडा नियम लगाइएको हुन्छ । तर यसअघि पनि विभिन्न कम्पनीका संवाद सार्वजनिक हुने गरेका छन् ।

 

पाइलटसँग यस्ताे संवाद भएकाे थियाेः

 

विशेष