बंगलादेशबाट यूएस–बंगलाको अर्को विमान आज काठमाडौं आउँदै
काठमाडौं । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार विमान दुर्घटनाको क्रममा मृतक तथा घाइते बंगलादेशी नागरिकका आफन्तलाई लिएर यूएस–बंगलाको अर्काे विमान काठमाडौंका लागि उडेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘दी डेली स्टार’ले बताएअनुसार विमानमा वंगलादेशी सरकारी प्रतिनिधि पनि छन् । त्यहाँको विमानस्थल स्रोतलाई उल्लेख गर्दै मृतक तथा घाइतेका आफन्त बोकेको युएस–बंगलाको विमान मंगलबार दिउसो काठमाडौं आइपुग्दैछ ।
सोमबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस–बंगलाको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये २६ जना बंगलादेशी नागरिक छन् । घाइते २२ जनामध्ये ९ बंगलादेशी र एक माल्दिभ्सका नागरिक छन् । साथै एक घाइतेको परिचय खुलेको छैन ।