News

एसईईमा ग्रेट बढाउन सबै विषयमा प्राक्टिकल

एसईईमा ग्रेट बढाउन सबै विषयमा प्राक्टिकल

काठमाडौं । आउँदो चैत ८ देखि सुरु हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागिता जनाउने सबै विद्यार्थीले यस वर्षदेखि गणितबाहेक सबै अनिवार्य विषमा प्राक्टिकल दिनुपर्ने भएको छ ।

 

पाठ्यक्रम विकास केन्द्रका अनुसार यो वर्ष कक्षा १० को सबै विषय परिवर्तन भएको छ । सो अनुसार २५ नम्बरको प्राक्टिकल र ७५ नम्बरको सैद्धान्तिक परीक्षा हुनेछ ।

 

पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक युक्तप्रसाद शर्माले सबै विद्यार्थीको राम्रो ग्रेड आउने लक्ष्यसहित नयाँ कोर्समा प्राक्टिकलको व्यवस्था गरिएको जनाए।


‘विद्यार्थीलाई सैद्धान्तिक मात्र परीक्षा लिएर जीवनोपयोगी शिक्षा दिन सकिँदैन,’ उपनिर्देशक शर्माले भने, ‘पढेको विषयवस्तुमा व्यवहारिक ज्ञानको मापन गर्न स्कुललाई २५ नम्बरको प्राक्टिकल लिने व्यवस्था गरिएको हो।

 

’ यस व्यवस्थाले विद्यार्थीको विषयगत व्यवहारिक ज्ञान मापन गर्न सकिने उनले बताए । याे खबर अाजकाे नागरिक दैनिकमा छ ।

विशेष