रेलमार्ग अध्ययन गर्न भारतीय टोली नेपाल आएन
बाँके । रुपैढिाहादेखि कोहलपुरसम्मको रेलमार्ग निर्माण अध्ययनका लागि आउने भनिएको भारतीय रेल विभागका कर्मचारी सोमबार साँझसम्म नेपालगञ्ज आएका छैनन्।
भारतीय रेल विभागका कर्मचारीले जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्र पठाएर १२ मार्चका दिन रेलमार्ग अध्ययनका लागि नेपालगन्ज आउने जानकारी गराएका थिए ।
तर, सोमबार अपरान्ह ५ बजेसम्म पनि भारतीय टोली नेपालगन्ज नआएको प्रशानसन कार्यालयका अधिकृत एवं अध्ययन टोलीका फोकलपर्सन गणश शाहीले जानकारी दिए ।
उनका अनुसार रेल विभागका कर्मचारीले पत्राचार गरी सोमबारका दिन बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकमाुर केसीसँग परामशए गर्न समय मागेको थियो । याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।