News देश

बालुवा–गिट्टी उत्खननले ५ मिटर भासियो आग्रा खोला

बालुवा–गिट्टी उत्खननले ५ मिटर भासियो आग्रा खोला

धादिङ । थाक्रे गाउँपालिकाको आग्रा खोलाबाट २०३० सालदेखि लगातार ढुंगा–गिट्टी र बालुवा दोहन भइरहेको छ । ४४ वर्षसम्म एउटै खोला लगातार दोहन गरिँदा त्यसको सतह करिब ५ मिटर भासिएको छ ।

 

गिट्टी–बालुवा लिन धादिङको थाक्रेस्थित खोलामा लाम लागेका ट्याक्टर । खोलाबाट दैनिक ४ हजार ८ सय घनमिटर नदीजन्य पदार्थ संकलन गरिन्छ । पृथ्वीराजमार्ग कालोपत्रेको जिम्मा लिएको तत्कालीन चिनियाँ कम्पनीले यहाँको कालो ढुंगाको गिट्टीलाई गुणस्तरीय भएको प्रमाणित गरेपछि दोहनको शृंखला सुरु भएको थियो ।

 

अहिले पनि रोकिनुको साटो झनै बढेको छ । राजमार्ग कालोपत्रे गर्न २०२९ मा यहाँ आएका २८ जिल्लाका मजदुरमध्ये अधिकांशले ३ पुस्ता यतै गुजारे,’ स्थानीय रामचन्द्र रूपाखेतीले भने ।

 

त्यतिबेला गिट्टी कुटने स्वचालित विद्युतीय उपकरण थिएनन् । मजदुरका परिवार हातैले कुट्थे । ठेकेदारले संकलन गरी राजधानी निर्यात गर्थे ।

 

यो चलन अझै पनि छ, दैनिक ५ हजार मजदुर ढुंगा संकलन गरी ट्याक्टरलाई बेच्ने र गिट्टी कुट्ने काममा संलग्न छन्,’। रूपाखेतीले भने,। याे खबर अाजकाे कान्तिपुर दैनिकमा छ ।

विशेष