शार्दुल चम्किएपछि भारतसँग श्रीलंका ६ विकेटले पराजित
काटमाडाैं । श्रीलंकामा भैरहेको टी–ट्वेन्टी त्रिकोणात्मक श्रृङ्खलाको चौथो खेलमा भारतले श्रीलंकालाई ६ विकेटले हराएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंककाले १९ ओभरमा ९ विकेट गुमाउँदै १५२ रनको बनाएको थियो । १५३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ४ विकेट गुमाउँदै १७ ओभर ३ बलमा नै लक्ष्य भेट्टायाे ।
भारतलकाे जितका लागि नटआउट रहँदै मनिष पान्डे ४२ र दिनेश कार्तिक ३९ रन बनाएका थिए । कप्तान रोहित शर्मा ११ रनमै धनन्जयको बलमा क्याचअआउट भएका थिए । त्यसपछि सुरेश रैना र केएल राहुलले भारतीय पारी सम्हाल्न खोजे पनि लामो समय टिक्न सकेनन् ।
सुरेश रैना २७ रन र राहुल १८ रन बनाएर आउट भए । श्रीलंकामा भैरहेको यो त्रिकोणीय श्रृङ्खलामा भारतको यो दोस्रो जित हो । पहिलो खेल श्रीलंकासँगै हारेको भारतले दोस्रो खेलमा भने बंगलादेशलाई हराएको थियो ।
श्रीलंकाका लागि मेन्डिसले सर्वाधिक ५५ ,उपल थरंगाले २२ र गुणतलिकाले १७ रनको बनाए थिए । भारतका लागि शार्दुल ठाकुरले २७ रन दिएर चार विकेट लिए । खेलमा उत्कृष्ट बलिङ गरेका ठाकुर म्यान अफ् द म्याच पनि घोषित भए ।