News देश

गाउँपालिका अध्यक्षको गाडी मुनि प्रेसर कुकर बम, डोजरमा आगजनी

गाउँपालिका अध्यक्षको गाडी मुनि प्रेसर कुकर बम, डोजरमा आगजनी

पर्वत । पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी मुनि प्रेसर कुकर बम भेटिएको छ ।

 

गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लको घर कुश्मा नगरपालिका –१, पाङ सहस्रधारामा रोकेर राखेको बा १६ च २५२६ नम्बरको गाडी मुनि प्रेसरकुकर बम भेटिएको हो ।

 

कालीगण्डकी क्रसर उद्योगका सञ्चालक समेत रहेका मल्लको सोमबार राति नै क्रसरको सामग्री उत्खनन क्षेत्र कालीगण्डकी नदी किनारको खनियाघाटमा जेसिबी कम्पनीको डोजरमा समेत आगजनी भएको छ ।

 

झण्डै १ करोड मूल्य बराबरको डोजरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । काठमाडौंमा विशेष कामको शिलशिलामा रहेका मल्लले आफूलाई कसैले पनि घटनाबारे जानकारी नगराएको बताए ।

 

अहिले नेपाल प्रहरीको टोली घटनास्थलमा पुगे लगत्तै बम डिस्पोजका लागि बागलुङबाट नेपाली सेनाको डिस्पोजल टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए ।

विशेष