राजनीति भिडियो कभर स्टोरी

पूर्वराजा ज्ञानेन्द्रमाथि राजावादी नेताकै आलोचनाः झर्ला र खाउँला भन्दैछन् ज्ञानेन्द्र ! (भिडियो)

पूर्वराजा ज्ञानेन्द्रमाथि राजावादी नेताकै आलोचनाः झर्ला र खाउँला भन्दैछन् ज्ञानेन्द्र ! (भिडियो)

काठमाडौं । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न भ्रमणमा सक्रिय छन् । धार्मिक भ्रमणको वहानामा उनी राजनीतिक गतिविधि गर्दैछन् ।

 

उनको पछिल्लो गतिविधिलाई विभिन्न कोणबाट टिप्पणी हुन थालेको छ । खासगरी राजसंस्थाका समर्थकहरु पूर्वराजा ज्ञानेन्द्रले राज्यसत्ता फेरि लिनुपर्ने बताउँछन् ।

 

तीमध्ये एक सामाजिक अभियन्ता केशव चौलागाईँ भने पूर्वराजा ज्ञानेन्द्रले बुद्धिमतापूर्ण ढंगले अघि बढेको खण्डमा उनको पुनरागमन हुनसक्ने संकेत गर्छन् । तर ज्ञानेन्द्र शाहले आम जनताको गुनासो समेट्न नसकेको बताउँछन् चौलागाईँ ।

 

आम जनताले राजसंस्था चाहे पनि त्यसलाई ‘क्यास’ गर्न नसक्नु ज्ञानेन्द्रकै कमजोरी रहेको चौलागाईँको भनाइ छ । ‘पूर्वराजा ज्ञानेन्द्र ब्यापारारिक मानसिकताका मान्छे हुन्,’ उनले भने, ‘जनताको स्वभाव अनुसार कार्यक्रम ल्याए भने ज्ञानेन्द्रको सत्ता पुनस्थापित हुनसक्छ ।’

 

विभिन्न गोष्ठि र कार्यक्रममा भेला हुँदा गणतन्त्रवादी दलका नेता समेत राजसंस्था अझै चाहेको दाबी चौलागाईँको छ । उनका अनुसार कुनै पनि दलका नेताले राजसंस्थाको विरुद्ध नबोल्ने गरेको उनको भनाइ छ ।

 

साथै पूर्वराजाले बुद्धी पुर्याएर रणनीति बनाएको अवस्थामा फेरि राजसंस्था स्थापित हुनसक्ने चौलागाईँले बताए ।

केशव चौलागाईँ ज्ञानेन्द्र शाह

विशेष