News

राष्ट्रपति भण्डारीको सपथ ग्रहण अवैधानिक

राष्ट्रपति भण्डारीको सपथ ग्रहण अवैधानिक

काठमाडाै‌ ।  नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको सपथका विषयमा नयाँ बहस सुरु भएको छ ।

 

राष्ट्रपति भण्डारीले सपथ गराइरहेकै समयमा प्रधानन्यायाधीश गाेपाल पराजुलीले अवकास प्राप्त गरेकाे खबर अाएकाे थियाे । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई अवकाश भइसकेको जानकारी दिएकाे थियाे । 

 

न्याय परिषद् सचिवालयका सचिव नृपध्वज निरौलले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको थियो ।

 

अहिले उनकाे सपथ ग्रहणलार्इ लिएर नयाँ बहस सुरू भएकाे हाे । कतिपयले उनको सपथ ग्रहण अवैधानिक ठहर गरेका छन् । पराजुलीको साउनमै कार्यकाल समाप्त भएकाले उनले राष्ट्रपतिलाई सपथ खुवाउन अवैधानिक भएको कानुन व्यवसायीकाे भनाइ छ ।

विशेष