News

सर्वोच्चले प्रधानन्यायाधीश पराजुलीको नाम हटायो, जोशी तोकिए कामु प्रधानन्यायाधीश

सर्वोच्चले प्रधानन्यायाधीश पराजुलीको नाम हटायो, जोशी तोकिए कामु प्रधानन्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम हटाएर न्यायाधीश दीपकराज जोशीलाई कायम मुकायम प्रधानन्यायाधीश तोकेको छ । सर्वोच्च अदालतको वेबसाइटमा पराजुलीको नाम हटाएर बिहीबार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीलाई कायम मुकायम प्रधानन्यायाधीश तोकिएको हो ।

 

सर्वोच्च अदालतले जोशीलाई कायम मुकायमको रूपमा जिम्मेवारी दिएसँगै उनले पेशी तोकेका छन् । जोशीले आफ्ना एकल इजलाससँगै पराजुलीबाहेक अदालतमा रहेका सबै न्यायाधीश रहेको इजलास तोकका हुन् ।

 

न्याय परिषद्ले बुधबार प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको जानकारी गराएको थियो । परिषद्को निर्णय लगत्तै पराजुलीले बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । भेटमा प्रधानमन्त्री ओलीले पराजुलीलाई बिदामा बस्न वा अर्को कुनै सहज बहिर्गमनको बाटो अपनाउन सुझाव दिएको उच्च स्रोतले जनाएको छ ।

विशेष