News मनोरञ्जन

पत्रकार अनुप ओझाले ल्याए ‘वारीकाे डाँडामा म, पारीकाे डाँडामा तँ ’ (भिडियो)

पत्रकार अनुप ओझाले ल्याए ‘वारीकाे डाँडामा म, पारीकाे डाँडामा तँ ’  (भिडियो)

काठमाडाैं । पत्रकार अनुप ओझाले ‘वारिको डाँडामा म…’ बाेलकाे गीत बजारमा ल्याएका छन् । रंगमञ्च र संगीतमाथि कलम चलाउँदै आएका उनले आफ्नो गायन तिरकाे यात्रा पनि थालनी गरेका हुन् । अनुपकै शब्द रहेको यस गीतमा संगीत सागर राजले दिएका छन्।

 

गीतकोलाई अस्ट्रेलियामा रहेको द नेक्स्टले बनाएको हो । उक्त गीतले दुई युवाको बाल्यकालीन मित्रताको सन्दर्भ समेटेको छ । ‘पढाइ वा अरू कारणले दुई मित्रमध्ये एक जना देशबाहिर र अर्को देशभित्रै रहनुपर्दा सम्झना हुने विगतलाई गीतले लय दिन खोजेको देखिन्छ ।

 

अस्ट्रेलियामा रहेको नेपाली कलाकारको समूह द नेक्स्टका प्रदीप लामाले निर्देशन गरेको उक्त भिडियोमा अनुप, द नेस्क्टका कलाकर्मी तथा दिप्सन परियार, निर्मल न्यौपाने, र समीर तामाङले खेलेका छन् ।

 

नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको भिडियो यस स्टडी अस्ट्रेलियाले उत्पादन गरेको हो । यसलाई द नेक्स्टले सागर राज फिल्म्सको सहकार्यमा प्रस्तुत गरेको हो ।

यस्ताे छ भिडियाे

विशेष