राजनीति भिडियो कभर स्टोरी

गोर्खाल्याण्डलाई नेपालको सुझावः नेपालमा गाभियौ भने प्रधानमन्त्री बनौला, भारतमा सांसद पनि मुस्किल (भिडियो)

केपी ओली भर्सेस फणिन्द्र नेपालः अशली राष्ट्रवादी को ?

गोर्खाल्याण्डलाई नेपालको सुझावः नेपालमा गाभियौ भने प्रधानमन्त्री बनौला, भारतमा सांसद पनि मुस्किल (भिडियो)

काठमाडौं । सुगौली सन्धीको २ सय २ वर्ष पुगेको ऐतिहासिक सन्दर्भ पारेर मार्च २ को दिन ‘ग्रेटर नेपाल’का अभियन्ताहरुले गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष ज्ञापनपत्र बुझाए ।

 

ज्ञापनपत्रमा उनीहरुले सरकारसमक्ष तीन गम्भीर माग राखेका थिए । त्यसमध्ये एक थियो, महाकाली सीमा क्षेत्रमा नेपालको सुरक्षाफौज स्थापना गराउनु ।

 

गृहमन्त्री बादल पनि उनीहरुको यस मागप्रति प्रतिबद्ध रहेको बुझिएको छ । ग्रेटर नेपालका मुख्य अभियन्ता फणिन्द्र नेपालका अनुसार गृहमन्त्री बादल महाकाली क्षेत्रमा सशस्त्र प्रहरी वल तैनाथ गराउन सहमत छन् ।

 

‘उहाँ पनि क्रान्तिकारी आन्दोलनबाट आउनुभएको एक नेता । हाम्रो मागमा सहमत हुनुभयो,’ नेपालले भने, ‘सरकारले हाम्रो यो माग पूरा गर्नेछ । हामीलाई आशा छ । र अब छिट्टै प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउने छौँ ।’

 

केही अघि भारतीय पक्षले महाकाली सीमा क्षेत्रस्थित नेपालको भूभागभित्रै पूल निर्माण गर्दै हस्तक्षेप गरेपछि ग्रेटर नेपालको ध्यानाअकर्षण भएको हो ।

 

यता ग्रेटर नेपाल, उता गोर्खाल्याण्डः

भारतमा रहेका नेपालीभाषीको लामो आन्दोलन हो गोर्खाल्याण्ड । भाषिक पहिचानको यो लामो आन्दोलनलाई भारतको पश्चिम बंगाल र केन्द्र सरकारले दबाउँदैआएका छन् ।

 

यता दुई दशकदेखि जारी राष्ट्रवादी आन्दोलन ग्रेटर नेपालको दिर्घकालिन उद्देश्य गोर्खाल्याण्डलाई नेपालमै गाभ्नु हो । ग्रेटर नेपालका मुख्य अभियन्ता फणिन्द्र नेपालले नेपालआजसँग हालै दिएको अन्तरवार्तामा पनि यही संकेत दिए ।

 

तत्कालका लागि गोर्खाल्याण्ड पाउनु त्यहाँका जनताको हक भए पनि अन्ततः गोर्खाल्याण्ड नेपालमै गाभिनुपर्ने उनको तर्क छ । नेपालका अनुसार गोर्खाल्याण्ड र ग्रेटर नेपालबीच दिर्घकालिन तालमेल छ ।

 

तत्कालका लागि आआफ्नै कार्यनीति भए पनि गोर्खाल्याण्ड र ग्रेटर नेपालका दिर्घकालिन रणनीति एउटै भएको उनले बताएका छन् ।

फणिन्द्र नेपाल ग्रेटर नेपाल

विशेष