पराजुली सर्वोच्च गएनन्, इजलास बहिष्कार गरेका न्यायाधीश काममा फर्किए
काठमाडौं । न्यायपरिषदबाट पदमुक्त गरिएका प्रधानन्यायाधीश गोपाल पराजुली बिहीबार सर्वाेच्च अदालत जानु भएन ।
बुधबार न्यायपरिषदको सचिवस्तरीय निर्णयबाट पदमुक्त भएको पत्र आएपछि उनले बिहीबार पनि नियमित रुपमा अदालत जाने प्रतिक्रिया दिएका थिए । तर उनी अहिलेसम्म सर्वोच्च गएका छैनन् ।
बिहान १० बजे नै सर्वाेच्च अदालतका पुगेका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेर काम थालेका छन् । उनले पदभार ग्रहणसँगै इजलास तोकेर काम सुरु गरेका हुन् ।
प्रधानन्यायाधीश पराजुलीको जन्ममितिको वैधतामाथि प्रश्न उठाउँदै इजलास बहिष्कार गरेका न्यायाधीशहरु पनि बिहीबारदेखि काममा फर्केका छन् ।