News

सम्बन्ध विच्छेद गरेका श्रीमान छोरीका शव दाबी गर्न आएपछि...

सम्बन्ध विच्छेद गरेका श्रीमान छोरीका शव दाबी गर्न आएपछि...

काठमाडाैं। मैले निकै दु:खले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ । नत्र मलाई पनि प्यारी छोरीका शवसँगै जलाइदिए हुन्छ’ बुधबार महाराजगञ्ज त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उर्मिला प्रधानले भनिन्।

 

सम्बन्ध विच्छेद गरेर छुट्टै बसेका श्रीमान छोरी श्वेतालको मृत्युपछि शव दबी गर्न आएपछि उर्मिला निकै भाव विह्ल भइन्। गत सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा भएको यूयस बंगला एरलाइन्सको विमान दुर्घटनामा परी आफ्नो २४ वर्षिया डाक्टर छोरी गुमाएकी उर्मिला प्रधान पोष्टमार्टममा राखिएको छोरीको शवको सम्पुर्ण हुलिया विवरण दिएर शव बुझ्न अस्पताल पुगेकी थिइन्।

 

५८ वर्षीया उर्मिला निकै विक्षिप्त अवस्थामा थिइन्। उनी बुधबार दिनभर अस्पताल परिसरमा छिनमै रुने, कराउने र छोरी सम्झिएर बरबारउने गरिरहेकी थिइन्। उर्मिला विगत दुई दिनदेखि मृतक छोरीको शव बुझ्न त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक ल्याब परिसरमा धर्ना दिएरबसेकी छन्।

 

तर, बुधबार एकाएक सम्बन्ध विच्छेद गरेर बसेका पूर्वश्रीमान गजेन्द्र थापा छोरीको शव दाबी गर्न आएपछि उर्मिला आश्चर्यचकित भइन्। नुवाकोट बिदुर नगरपालिका थुम्काका गजेन्द्र थापासँग उर्मिलाको दशक अधि सम्बन्ध विच्छेद भएको थियो।

 

सम्बन्धविच्छेद भएदेखि नै गजेन्द्र थापा छोरी श्तालाई उर्मिलासँगै छाडेर अर्की श्रीमती लिएर छुट्टै बस्दै आएका थिए। याे खबर अाजकाे राजधानी दैनिकमा छ ।

विशेष