माटोको ढिस्कोल पुरिएर इन्जिनियरसहित दुई जनाको मृत्यु
रामेछाप । रामेछापको गोकुलगंगा गाउपालिका १ बुलडाडाँमा गएराति दुईजना प्राविधिकको मृत्यु भएको छ । मृत्यू हुनेमा सर्लाही मलगंवा नगरपालिका घर भएका इन्जिनियर २४ वर्षिय शैलेन्द्र यादव र उनका सहयोगी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का २५ वर्षिय राजु दुलाल रहेका छन् ।
सडक निर्माणको काम नापजाँच गर्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरीएर उनीहरुको मृत्यु भएको हो । डोजरले टेवा पर्खाल लगाउनका लागि तयार गरेको खाडल नाप्ने क्रममा झरेको माटोको ढिस्कोले दुवैलाई पुरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुवैको घटनास्थलमा नै मृत्यु भएको हो । रामेछाप र सोलु जिल्लाको सिमा भएर बग्ने लिखु नदिबाट विद्युत उत्पादन गर्ने गरी दुगड समूहबाट प्रवद्धित लिखु जलविद्युत आयोजनाले रामेछापको चुचुरेदेखि गुम्लेलसम्मको प्रवेश सडक निर्माणको क्रममा रहेको छ ।