बोतलमा इन्धन बेचेकाे अाराेपमा पक्राउ परेकालार्इ रिहाकाे माग गर्दै यातायात र बजार बन्द
प्युठान । बोतलमा पेट्रोलियम पदार्थ बिक्री गरेको आरोपमा प्रहरीले मंगलबार चार जना व्यापारीहरुलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई रिहा गर्न माग गर्दै प्यूठानका व्यवसायीहरुले आज यातायात र बजार बन्द गराएका छन् । प्यूठान उद्योग वाणिज्य संघ भित्रिकोट बजार इलाकाले शुक्रबार बिहानैदेखि यातायात र बजार बन्द गराएको हो ।
बिक्रेताहरुले पेट्रोलपम्पमा नियमित आपूर्ति नहुने भएकाले सहज बनाउन आफूहरुले बोतलमा राखेर बिक्री गरेको बताउँदै आएका छन् ।