व्यापार

कानुन फेरेरै कालोबजारी गर्ने दाउमा अटोमोबाइल्स व्यवसायीहरु

नेता–कर्मचारी रिझाउन ५० लाखको रक्सी उपहार चढाउँछन् अटोमोबाइल्स व्यवसायी

कानुन फेरेरै कालोबजारी गर्ने दाउमा अटोमोबाइल्स व्यवसायीहरु

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न चरणमा गरेको अनुगमनबाट कारवाहीमा पर्ने देखिएपछि ठूला ब्यापारिक घरानाहरुले विद्यमान ऐन–कानुनलाई संसोधन गर्दै कालोबजारी मैत्री ऐनकानुन बनाउन लविङ गर्न थालेका छन् ।

 

अनुगमनका क्रममा अटोमोबाइल्स व्यवसायीले चारपांग्रे सवारीसाधनको बिक्रीमा उपभोक्ताबाट कानुनविपरित मुल्य असुली गरेको भेटिएको थियो । विभागले २०३२ सालमा बनेको कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ र उपभोक्ता संरक्षण ऐन २०५४ मा टेकेर बजार अनुगमन गर्दैआएको छ ।

"> 

कानुन नै परिमार्जन गरेर ठगी

अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नाडा)का अध्यक्ष रञ्जन श्रेष्ठ र उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालगायत ठूला ब्यापारीहरुले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ व्यवसायी मैत्री नभएको भन्दै यसलाई परिमार्जन गर्नुपर्ने बताउँदै आएका छन् ।

 

नाडाका अध्यक्ष श्रेष्ठ कोरियन कार निर्माता कम्पनी हुण्डाई कारको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीका मालिक हुन् भने वरिष्ठ उपाध्यक्ष गोल्छा विशाल गु्रपका अध्यक्ष हुन् । गोल्छा आगमी निर्वाचनमा उद्योग बाणिज्य महासंघको स्वतः अध्यक्ष बन्दै छन् ।

 ">

१० वर्षे कैद १ वर्षमा झार्दै

उच्च नैतिक मर्यादामा रहेर काम गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष गोल्छाले व्यवसायी फाइदाका लागि ऐन परिमाजिन गर्दै उपभोक्तामैत्री भन्दा पनि ब्यापारीमैत्री बनाउन लागिपरेका छन् । उक्त ऐनलाई संसोधन गर्दै तोकिएको सजायमा व्यापक कटौती गर्न लागेका हुन् ।

 

कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ लाई संशोधन गरी कालोबजारीमा संलग्नलाई तोकिएको कैद १० वर्षबाट एक वर्षमा झार्न चलखेल व्यवसायीहरुले गरेका हुन् ।

 

यस्तै सोही ऐनमा बिक्रीका लागि ल्याइएको वस्तु निजी प्रयोगमा ल्याउनेलाई तोकिएको पाँच वर्षसम्मको कैद पनि एक वर्षमा झारिएको छ । ऐनको दफा ४ र ५ मा उल्लिखित क्रमशः पाँच वर्ष र दुई वर्ष कैद पनि एक वर्ष र नौ महिनामा घटाइएको छ ।

"> 

अनुगमन रोक्न दबाब

अटोमोबाइल्स व्यवसायी राज्यका ठूला करदाता हुन् । ठूला करदाताबाट राज्यलाई प्राप्त हुने करमा समेत असर पर्नसक्ने चेतावनी व्यवसायीहरुले दिएका छन् । विभागको अनुगमन तथा कारवाहीबाट व्यवसायी चेपुवामा परेको भन्दै नाडा र महासंगले उक्त कार्यलाई रोक्न समेत दबाब दिँदैआएको विभाग श्रोतले बतायो ।

 

विभागका अनुसार व्यवसायीको कैफियत हेर्दा भन्सार ऐन २०६४, मूल्य अभिवृद्धि कर ऐन २०५२, उपभोक्ता संरक्षण ऐन २०५४ र कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ आकर्षित हुने देखिन्छ ।

 

नेता र कर्मचारी रिझाउन ५० लाखको रक्सी !

व्यवसायीले कालोबजारीबाट आएको लाभ राजनीतिक पार्टीका नेता तथा उच्च तहका कर्मचारी, मिडिया माफिया, चुल्ठे–मुन्द्रे, गुण्डा, प्रहरी प्रशासनलगायतलाई बाँड्ने गरेको स्रोतले बतायो ।

 

यस्तै, पार्टीका नेता रिझाउन घुमारो तरिकाले चन्दा दिने, चाडपर्वका बेला महंगा रक्सी, खसीबोका उपहार प्रदान गर्दैआएको पनि बुझिन्छ । केही व्यवसायीले त रक्सीको कार्टुन नै नेताको घरमै पठाउने गरेको स्रोतले बतायो । आपुर्ति मन्त्रालय स्रोतका अनुसार हरेक दशैं–तिहारमा ५० लाखको त रक्सी मात्रै बाँड्ने गर्छन् । व्यवसायी स्वयंले यसरी रक्सी बाँड्ने गरेको स्वीकार गर्छन् ।

 

कर्मचारीको सम्पत्ति छानविन गरिन्छः मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मात्रिका यादवले संख्याको हिसावले हजारौँ अनुगमन भए पनि अहिलेसम्म एउटैलाई पनि कारवाही नभएको भन्दै गुनासो पोखे । अनुगमनमा खटिने कर्मचारीमाथि नै आशंका गर्दै कर्मचारीकै पछिल्लो १० वर्षको सम्पत्ति विवरण छनविन गर्ने उनले बताएका छन् ।

 

यसका लागि यादवले सचिव अनिल ठाकुरलाई निर्देशन दिइसकेका छन् । बार्गेनिङ नमिलेपछि मात्रै विभागले अनुगमन गर्ने गरेको गुनासो आएपछि मन्त्री यादवले विभागका कर्मचारी तथा उपभोक्तावादीलाई समेत नियमनको दायारमा ल्याउने तयारी गरेको बताएका छन् ।

"> 

‘ब्यापारीको पनि छानविन हुनुपर्यो’

उपभोक्तावादीहरुले कर्मचारीको मात्र नभई ब्यापारीको पनि सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् । सूचनाको हक अन्तरगत रहेर ठूला ब्यापारी घरानाको आयव्याय, भन्सारको प्रज्ञापन–पत्रलगायत कागजपत्र सार्वजनिक गर्न उपभोक्तावादीको माग छ ।

 

‘भन्सारमा घोषित मुल्यमा २० प्रतिशत नफा राख्न पाइने कानुनी व्यवस्था छ,’ एक उपभोक्तावादीले नेपालआजसँग भने, ‘२० प्रतिशत नाफा राखेर कारोवार गर्न सकिँदैन भने व्यवसाय नै बन्द गरे हुन्छ । कानुन मिचेर व्यवसाय गर्न कसैले पाउँदैन अब ।’

 

 

 र याे पनि,

 

► कालोबजारीको जालो कर्मचारीभित्रैः ज्योती बानियाले गरिदिए खुलासा (भिडियो) 

 झोलामा अफिस बोकेर ब्ल्याकमेल गर्ने उपभोक्तावादीलाई कारवाही गर्ने मन्त्री यादवको चेतावनी (भिडियो) 

 मन्त्री यादवको एक्शनः कालोबजारीलाई जेलसम्म हाल्ने तयारी (भिडियो)

► फोर्ड गाडीमा चर्को ठगी, विभागकै निर्देशक दाहालले दिँदैछन् उन्मुक्ति

► मन्त्रीलाई फन्दामा पार्दै कालोबजारी गर्ने अटोमोबाइल व्यवसायीहरुको यस्तो योजना

► एलडीओलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रिकाले रोक्लान् त अटाेमाेबार्इल्सकाे कालोबजारी ?

► आकाशीयो हुण्डार्इ कार बिक्रेताको कालोबजारी, मूल्य नघटाउने नियत

 गाडी बिक्रेतालाई मस्ती, उपभोक्तालाई सास्ती

 कालोबजारी नगरेको भन्दै नाडाले निकाल्यो विज्ञप्ति 

 नाडा महासचिव दुलाल भन्छन्ः हामीलाई नाफा अझै पुगेको छैन (भिडियो) 

 ‘रेनल्ड’ गाडीमा ब्रह्मलुट, समाचार लेख्दा सञ्चार माध्यम बन्द गरिदिने धम्की (भिडियो)

 ‘रेनल्ड’ गाडी र 'सुजुकी बाईक'मा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख !

  निसान गाडीमा निरन्तर ठगी

  उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य

  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले(भिडियाेसहित)

  अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)

  कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन (भिडियोसहित)

  ‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो

  रोकिएन ‘फोर्ड’ गाडीको चर्को कालोबजारी 

  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले (भिडियोसहित)

  पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

►  यामाहाको लुट एकलौटी, डिलर सञ्चालकले पाउँछन् मात्रै पाँच प्रतिशत

►  यामाहाले एउटै मोटरसाइकलमा ७८ हजार फाइदा लिने गरेको खुलासा

  अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित) 

► युवतीहरू हुरुक्क हुन्छन् स्कुटीमा, स्कुटीबाटै लुट्छन यिनले (तालिकासहित)

 नामका प्रतिष्ठित व्यापारी, काममा देश सिध्याउने मेलो

► यामाहाको लुट जानौं, लुट्ने पनि चिनौं (लुटको लिस्टसहित)

 हुन्डाईमा चर्काे कालाबजारी : एउटै कारमा साढे २१ लाख रुपैयाँसम्म झ्वाम

 अभिक ज्योतिको व्यापार लुटको जगमा

 समाचार प्रभाव : गाडीमा कालोबजारी गर्ने हुन्डाईको सो रुममा छापा, कागजात नियन्त्रणमा

 नाडा अटो मेलामा जाँदै हुनुहुन्छ ? बजाजको ठगीबाट बच्नुहोला

 पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

 गोल्छाबाट लुटिएको थाहा पाएपछि ग्राहकहरु बजाजका मोटरसाइकल फिर्ता गर्न सोरुम पुग्न थाले

 बजाजको मोटरसाइकलमा लुट मच्चाउने शेखर गोल्छा उद्योगी व्यापारीको नेता हुने दौडमा

 

विशेष