News मुख्य समाचार

यी हुन् थपिए तीन मन्त्रालय (सूचीसहित)

यी हुन् थपिए तीन मन्त्रालय (सूचीसहित)

काठमाडौं । उच्चस्तरीय समितिले प्रधानमन्त्री कार्यालयसहित १५ वटा मात्र मन्त्रालय राख्न सुझाव दिएकाे भए पनि सत्तारुढ दलहरुबीच मन्त्रालयकाे भागबण्डा नमिल्दा फेरी मन्त्रालयकाे संख्या थपिएकाे छ ।

 

अाज मन्त्रिपरिषदलाई पूर्णता दिनु लागिएकाले फाेरमालार्इ सरकारमा ल्याउन फेरी ३ वाट मन्त्रालय थप गरिएकाे हाे । अब तीन मन्त्रालय थपिएसँगै मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयकाे संख्या २१ रहने छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै ३० वटा मन्त्रालय घटाएर १७ मा झारिएको थियो । थपिएका मन्त्रालयहरुमा सिँचाई, युवा तथा खेलकुद र श्रम तथा रोजगार छन् ।

 

शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद फुटाइएको छ र अब शिक्षा र युवा तथा खेलकुद अलग लजग मन्त्रालय भएका छन् । श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई फुटाइएको छ ।

 

अब श्रम तथा रोजगार र महिला तथा बालबालिका अलगअलग मन्त्रालय भएका छन् । संविधानमा संघीय मन्त्रिपरिषद्मा बढीमा २५ सदस्यीय हुने प्रावधान छ । शुक्रबारको निर्णयले अब २० मन्त्री हुने भएका छन् भने बढीमा चार राज्यमन्त्री हुनसक्नेछन् ।

विशेष