महिलालाई गर्मीमा कस्तो खालको फेसन उपयुक्त
काठमाडाैं । गर्मी महिनाको सुरुवातसँगै महिलाहरुको फेसनमा समेत परिवर्तन आउने गर्छ । विशेष गरी गर्मीमा खुल्ला खालको कपडा लगाउन रुचाउँछन् ।
तर गर्मीका कारण विभिन्न समस्याहरु पनि आउने गर्छन । गर्मीमा महिलाका लागि स्लिभलेस कपडा लगाउन उपयुक्त मानिन्छ । साथै घामले छाला डड्ने समस्या हुने हुनाले बाहिर पातलो खालको आउटर लगाउनुुपर्छ ।
हल्का घाँटी खुलेको टि–सर्ट लगाउँदा गहना देखिनुका साथै शीतल महसुस गर्न सकिन्छ । हाइट भएकाहरुले तेर्साे धेर्सा तथा हाइट कम भएकाहरुले ठाडो धर्का भएको पहिरन लगाउनु उपयुक्त हुन्छ ।
स्लिम लुक्स भएकाहरुले छोटो टिसर्ट तथा मोटो शरीर भएकाहरुले हिप छोपिने टिसर्ट तथा टसर्ट लगाउँदा आकर्षक देखिने गर्छ । साथै गर्मीमा कटन तथा सिल्कको पहिरन लगाउँदा शीतलता महसुस गर्न सकिन्छ ।