संसारमा सबैभन्दा बढी हतियार किन्ने देश
संसारमा सबैभन्दा बढी हतियार किन्ने देश कुन होला ? इन्टरनेसनल आम्र्स ट्रान्सफर्स नामक संस्थाले जारी गरेको पछिल्लो तथ्यांक अनुसार हाम्रो छिमेकी मुलुक भारत हतियार आयात गर्ने मुलुकहरुको सूचीमा पहिलो स्थानमा छ ।
भारतले सन् २००८ देखि सन् २०१३ सम्म जति हतियार आयात गरेको थियो त्यो भन्दा २४ प्रतिशत बढी हतियार सन् २०१३ देखि २०१७ को अवधिमा आयात गरेको छ । हतियार आयात गर्ने मुलुुकहरुको सूचीमा भारतपछि क्रमशः साउदी अरेविया, इजिप्ट, युनाइटेड अरब इमिरेट्स, चीन, अष्ट्रेलिया, अल्जेरिया, इराक, पाकिस्तान र इन्डोनेसिया छन् ।
सन् २०१३ देखि २०१७ को अवधिमा भारतले रुससँग ६२ प्रतिशत, अमेरिकासँग १५ प्रतिशत र इराकसँग ११ प्रतिशत हतियार किनेको थियो । यो तथ्यांकअनसार भारत, रुस र इजरायलको सबैभन्दा ठूलो हतियार बजार हो ।
उक्त प्रतिवेदनअनुसार पछिल्लो १ दशकमा चीन हतियार आयातको मुलकबाट निर्यातको मुलुकमा स्तरोन्नत्तर समेत भएको छ। हतियार निर्यातमा अहिले चीन, अमेरिका, रुस, फ्रान्स र जर्मनीपछि पाँचौ स्थानमा छ । चीनका हतियारको ठूूला ग्राहक पाकिस्तान र बंगलादेश हुन् । –साप्ताहिकबाट साभार