गायक प्रमोद खरेलका लभ गर्ने यस्ता छन् ११ मन्त्र
काठमाडाैं । सुगम संगीतका चर्चित गायक प्रमाेद खरेलले लभ गर्ने तरिकाकाे बारेमा विभिन्न खुलासा गरेका छन् । गायक खरेका यस्ताे भन्छन् ।
- प्रेम गर्नेहरुलाई आफ्नो ब्रेन पनि लगाउन बिर्सनु हुँदैन ।
- अचेलको प्रेममा मनले मात्र सबै निर्णय गर्न सक्दैन ।
- प्रेमलाई पैसा र सुख–सयलसँग तुलना गर्नु हुँदैन ।
- बनावटी लाइफ स्टाइलले पनि प्रेमलाई दीर्घायु बन्नबाट रोकिरहेको हुन्छ ।
– अर्काको बाहिरी सुन्दरता तथा सांसारिक कुराबाट आकर्षित हुनुभन्दा मनबाट बनाइएको सम्बन्ध दीर्घ हुन्छ ।
- प्रेममा एक अर्काको काम अथवा विचारलाई समर्थन गर्नु आवश्यक हुन्छ ।
- प्रमी–प्रेमिकाले स–साना कुरामा पनि उत्प्रेरित गर्ने तथा प्रेरणा दिने काम गरिरहनुपर्छ ।
- जीवनमा आउने उताढचढावका क्रममा निरन्तर सहयोग तथा सल्लाह दिइरहुनपर्छ ।
-प्रेमी–प्रमिकाले एक–अर्कालाई सुखमा भन्दा दुःखमा साथ दिने प्रयास गर्नुपर्छ ।
- घुम्न जाँदा रिसाउने, झगडा गर्ने जस्ता काम गरेर समय बर्बाद गर्नुहुँदैन ।
- यो भएन र त्यो भएन भनेर गल्ती मात्र औल्याउनु हुँदैन ।