News

एमालेले छान्यो मन्त्री: प्रदिप ज्ञवाली परराष्ट्र, रविन्द्रलाई पर्यटन

एमालेले छान्यो मन्त्री:  प्रदिप ज्ञवाली परराष्ट्र, रविन्द्रलाई पर्यटन

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री छानेको छ ।

 

ओली सरकारमा एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने भएका छन् । अर्का सचिव गोकर्ण् विष्टलाई श्रम तथा रोजगार र नेता रविन्द अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री बन्ने भएका छन् भने शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्री बन्नेछन् ।

 

यस्तै लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । मन्त्रीहरुको सपथ आजै अपराहृन ४ बजे हुनेछ ।

 

 

विशेष