जनप्रतिनिधिकै अगाडि सर्वसाधारण ठगिएपछि...
मुगु । वैकल्पिक उर्जा विकास कार्यक्रमका कर्माचारी भएको भन्दै जुम्ला जिल्लाको साविक डिल्लीचौर र हाल पातारासी गाउँपालिका ७ का ४ सय घरपरिवार ठगिमा परेका छन् ।
मुगुम कार्मारोङ गाउँपालिकामा सौर्य पाता, प्लाष्टिक टनेल दिने भन्दै पातारासी गाउँपालिका वडा नम्बर ७ का विर्ख बुढाले स्थानीयबासीबाट ३ हजार २ सयका दरले १२ लाख ८० हजार रकम उठाएका थिए ।
उक्त रकमबाट हरेक घरमा सोलार, बेमौसमी तरकारी खेतीका लागि प्लाष्टिक टनेल तथा चर्पी नबनेका घरमा शौचालय बनाइदिने सरकारको निर्णय भएको भन्दै सर्वसाधारणलाई भेला गराएर सम्पर्क बिहीन भएका थिए ।
गाउँमा गएर सम्पर्क विहिन भएका बुढाले वडामा रहेका जनप्रतिनिधिहरुको रोहोबरमा भेला गराई रकम उठाएको र अहिले मात्र आफुहरु ठगिएको पत्ता लागेको वडा नम्बर ७ का अध्यक्ष च्याबा तामाङ्गले जानकारी दिए ।