कपास उद्योगमा आगलागी ४० लाखको क्षति
चितवन । भरतपुर महानगरपालिकाको रिजालचोकस्थित एक कपास उद्योगमा शुक्रबार बिहान आगलागी हुँदा करिब ४० लाखको क्षति भएको छ।
प्रकृति कपास उद्योगमा बिहान करिब ९ बजे लागेको आगो दमकलको सहयोगमा सशस्त्र र जनपद प्रहरी, स्थानिय र नेपाली सेनाले ९:४५ बजे आयो नियन्त्रणमा लिएको चितवनका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।
मेसिनको मोटरबाट आगो निस्किएर सल्किएको अनुमान गरिएको ढकालले बताए।