नायक सौगात मल्लको कमजोरी
काठमाडौं । पछिल्लो समयमा नेपाली चलचित्रमा निकै नै लोकप्रिय सौगात मल्ल आफ्नो कमजोरी सहजै स्विकार्छन् । उनी आफूले चलचित्र छनोट गर्न नसक्नु आफ्नो प्रमुख कमजोरी भएको दाबी गर्छन ।
लालपुर्जा नामक चलचित्रको प्रमोसनका क्रममा पोखरा पुगेका मल्लले चलचित्रको विषयवस्तु र क्यारेक्टरमा ध्यान दिनुभन्दा साथीभाइ लगायत चिनेजानेको व्यक्ति भन्दै चलचित्रको छनोट गरेकाले समस्या आएको बताउँछन् ।
दुई वर्षदेखि चलचित्रसँगको निकटताले आफूलाई धेरै पाठ सिकाएको उनको बुझाइ छ । बाहिरी हल्ला जस्तो भने आफू असफल नभएको मल्लको बुझाइ छ । ‘चलचित्रले कति व्यापार ग¥यो भन्ने त निर्मातालाई मात्र थाहा हुन्छ ।’ उनले भने । बजारमा नकारात्मक खालका हल्लाले नै आफूलाई समस्या भएको उनले बताए ।