भारतीय अभिनेता इरफान खान दूर्लभ राेगकाे शिकार
भारतीय चरित्र अभिनेता इरफान खान दूर्लभ रोगको सिकार भएका छन् । उनलाई न्यूरो इन्डोक्राइन ट्यूमर नामक रोग लागेको छ । उनले टि्वटरबाट आफ्नो रोगकाे बारे जानकारी दिएका हुन् । उनी आफ्नो रोगको उपचारका लागि विदेश गइसकेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन्
इरफानले अाफ्नाे राेगका विषयलार्इ लिएर मर्मस्पर्शी ट्वीट गरेका छन् । उनले वरिपरीका व्यक्तिहरुको प्रेमले मलाई शक्ति र भरोसा दिएकाे बताउँदै अाफ्ना फ्यानलार्इ अाफ्नाे लागि प्रार्थना गर्न समेत अाग्रह गरेका छन् ।
इरफानले लेखेका छन्, ‘जिन्दगीमा अचानक केही यस्तो हुन्छ जसले तपाईंलाई अगाडि लिएर जान्छ । मेरो जिन्दगीका पछिल्लो केही दिन यस्तै रहे । मलाई न्यूरो इन्डोक्राइन ट्यूमर नामक रोग लागेको छ । तर, मेरो वरिपरीका व्यक्तिहरुको प्रेमले मलाई शक्ति र भरोसा दिएको छ ।'
उनी अागडि थप्छन्, 'मेरो सबैसँग बिन्ती छ कि मेरो लागि प्रार्थना गरिदिनुस । मेरो रोगलाई लिएर जुन अफवाह फैलाइएको छ, यसको लागि बताउन चाहन्छु कि न्यूरो सँधै मस्तिष्कसँग सम्वन्धित हुँदैन । यसका लागि गुगल गर्न सकिन्छ । जो व्यक्तिहरुले मेरो बयानको प्रतिक्षा गर्नुभयो, मलाई आशा छ कि फेरि अर्को कथा लिएर फर्किनेछु ।’
न्यूरो इन्डोक्राइन ट्यूमर एउटा दुर्लभ राेग मानिन्छ । न्यूरो इन्डोक्राइन ट्यूमर शरीरकाे न्यूरो इन्डोक्राइन सिस्टमकाे हर्माेन उत्पाद गर्ने काेषिकामा हुन्छ । न्यूरो इन्डोक्राइन ट्यूमरले न्यूरो इन्डोक्राइन हर्माेन पैदा गर्न बन्द गरिदिन्छ । न्यूरो इन्डोक्राइन हाम्राे शरीरका भित्री अंग कलेजाे, पेटलगायतमा हुन्छ ।