News राजनीति

शपथ ग्रहणको रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि राष्ट्रपति कार्यालयमा दुर्व्यवहार

शपथ ग्रहणको रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि राष्ट्रपति कार्यालयमा दुर्व्यवहार

राष्ट्रपति कार्यालयमा सञ्चारकर्मी माथि दुर्व्यवहार भएको छ । राष्ट्रपति कार्यालयमा आज सरकारले थपिएका मन्त्रीहरुलाई शपथ ग्रहण गराउने कार्यक्रमको रिपोर्टिङ गर्न गएका पत्रकारलाई भित्र छिर्न दिइएन ।

 

सरकारी सञ्चार माध्यमका सञ्चारकर्मीलाई प्रहरीले शपथ ग्रहण भइरहेको ठाउँसम्म जान अनुमति दिएको थियो भने निजी सञ्चार माध्यमका सञ्चारकर्मीलाई जान दिइएन ।

 

प्रहरीको धरपकडकाबीच निजीक्षेत्रका फोटो पत्रकारहरु छिर्न पाएको भए पनि शपथ ग्रहण सम्पन्न भइसकेको छ ।

विशेष