News कर्पोरेट

तेलको भाउ बढाउने ओपेकको योजना समस्यामा

तेलको भाउ बढाउने ओपेकको योजना समस्यामा

काठमाडौं (अस) । अन्तरराष्ट्रिय पेट्रोलियम निर्यात राष्ट्रको संगठन (ओपेक)को अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढाउने योजना समस्यामा परेको पाइएको छ ।


बजारमा तेलको आपूर्तीमा भएको वृद्घिका कारण तेलको भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि ओपेकले सन् २०१६ को अन्त्ययता तेलको उत्पादनमा नै अंकुश लगाउँदै आएको छ ।

 

यसै योजना अनुसार ओपेकमा आबद्ध राष्ट्र र रुस लगायत केही नन ओपेक राष्ट्रले कच्चा तेलको दैनिक उत्पादन घटाउँदै आएका छन् । यसले विश्वमा इन्भेण्टरीको स्तरलाई घटाउर भाउलाई टेवा दिने विश्वास गरिएको छ । तर कच्चा तेलको भाउ बढाउने यस योजना तेल उद्योगकै कारण समस्यामा परिरहेको विश्लेषण गरिएको छ ।

 


ओपेकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा यो वर्ष नन ओपेक राष्ट्रको तेल आपूर्ती बढेर दैनिक १६ लाख ६० हजार ब्यारेलमा पुग्ने अनुमान गरिएको छ । यो यसअघि गरिएको अनुमानको तुलनामा २८ करोड ब्यारेलले बढी हो ।

 


उता तेलको माग भने दैनिक १६ लाख २० हजार ब्यारेलले मात्र बढ्ने बताइएको छ । यसले विश्वमा इन्भेण्टरीको स्तरमा कमी आउने र कच्चा तेलको भाउले टेवा पाउने अनुमानलाई धूमिल पार्ने संकेत दिएको बताइएको छ ।

 


त्यस्तै यो वर्ष अमेरिकाको तेल आपूर्ती पनि १० दहमलव २ प्रतिशतले बढ्ने र अमेरिकी तेल आपूर्तीले नन ओपेक राष्ट्रको तेल आपूर्तीको झण्डै ९० प्रतिशत हिस्सा ओगट्ने अनुमान गरिएको छ । उत्पादकत्वमा आएको सुधारले अमेरिकाको कच्चा तेल आपूर्तीमा योगदान दिएको विश्लेषण गरिएको छ । यो वर्ष नन ओपेक राष्ट्रको तेल उत्पादनले मागलाई समेत उछिन्ने ओपेकको प्रक्षेपण छ । यसले पनि तेलको भाउलाई टेवा दिने योजना समस्याग्रस्त देखिएको हो । एजेन्सी

विशेष