News समाज

पर्यटक र विद्यार्थी बोक्ने थोत्रा बससहित १९ सवारी नियन्त्रणमा

पर्यटक र विद्यार्थी बोक्ने थोत्रा बससहित १९ सवारी नियन्त्रणमा

बीस वर्षे पुराना सवारी साधन पर्यटक तथा स्कुले बालबालिका बोक्न समेत प्रयोग भएको भेटिएको छ। यातायात व्यवस्था विभागले शुक्रबार गरेको अनुगमनका क्रममा एउटा पर्यटक बस र तीन वटा स्कुल बस समातिएका हुन्।

 


गण्डकीमा संचालन भइरहेको पर्यटक बस र नारायणीमा तीन वटा पुराना स्कुल बस नियन्त्रणमा आएको विभागका सुचना अधिकारी तुल्सिराम अर्यालले जानकारी दिए।


स्कुलले ति बसहरु भाडामा लिएर संचालनमा ल्याएको थियो। यीसहित शुक्रबार कुल १९ वटा सवारीसाधन नियन्त्रणमा लिइएको विभागले जनाएको छ।

 


बिहिबार देखि अनुगमन शुरु भएकोमा त्यस दिन ६२ साधन नियन्त्रणमा लिइएको थियो। शुक्रबार काठमाडौं उपत्यकाबाट २ वटा, धनगढीबाट ७ वटा, धवलागिरी र गण्डकीबाट १/१ वटा, मेची र नारायणीबाट ३/३ वटा र कोशिबाट २ वटा गरी १९ वटा पुराना सवारी साधन नियन्त्रणमा परेका हुन्।

 


बिहीबार काठमाडौं उपत्यकामा भने कुनै गाडी नियन्त्रणमा आएका थिएनन्। नियन्त्रणमा लिइएको सबै गाडी लिलामीको प्रकृयामा जाने सुचना अधिकारी अर्यालले जानकारी दिए।

 


२०७२ चैत १ गतेको मन्त्रिपरिषद बैठकले २० वर्ष पुराना सम्पूर्ण सार्वजनिक सवारी साधनहरू २ वर्षभित्र पत्रु तथा विस्थापन गरिसक्नुपर्ने निर्णय गरेको थियो। त्यहीअनुसार विभागले बिहिवार देशभर अनुगमन थालेको थियो।

 


पुरानो गाडी बिस्थापित गर्ने निर्णयको यातायात व्यवसायीहरुले भने बिरोध गर्दै आइरहेका छन्। यस बिषयमा सबैतिर ध्यानाकर्षण गराएको र मन्त्रीपरिषदले पुर्णता पाइसकेपछि आफुहरुले विरोधका कदम चाल्ने राष्ट्रिय यातायात ब्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए।

विशेष