कहिले सर्छ प्रदेश राजधानी ? केशब स्थापितको यस्तो खुलासा
रामेछाप । भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले प्रदेश ३ को राजधानी अपायक स्थान हेटौंडामा भएको भन्दै केही समयमै सर्ने बताएका छन् ।
'हेटौंडा छेउ भयो, कसैलाई पायक पर्दैन', स्थापितले भने, 'अब काठमाडौं आसपास राजधानी सर्छ ।' प्रदेश राजधानी सार्ने विषयमा आफूले अठोट लिइसकेको उनले बताए ।
स्थापितले बढीमा डेढ महिनाभित्र राजधानी सर्ने दाबी पनि गरे । केही दिनअघि उक्त प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाबाट प्रदेश राजधानी अन्यत्र नसार्ने दाबी गरेका थिए । याे खबर आजको कान्तिपुर दैनिकमा छ ।