News राजनीति मुख्य समाचार

यसरी हुने भए माधव नेपाल एकृकीत पार्टीकाे भावी अध्यक्ष

यस्ताे छ राष्ट्रपतिको रिङबाट खनाल अाउट हुनुकाे रहस्य

यसरी हुने भए माधव नेपाल एकृकीत पार्टीकाे भावी अध्यक्ष

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वामगठबन्धनमा उम्मेदवारको भागवण्डा, पार्टीबाट समानुपातिक उम्मेदवाको सिफारिस पार्टी एकीकरणमा पार्टी एकता संयोजक समितिको सदस्यमा रहेर भूमिका निर्वाह गरेका महासचिव इश्वर पोखरेल अर्थमन्त्रीमा आकांक्षा देखाएका थिए ।

 

तर पार्टीभित्र गुट चलाउँदै आएका वरिष्ठ नेता माधव कुमार नेपाल र पार्टी अध्यक्ष केपी ओलीबीच भएको सहमतिअनुसार महासचिव पोखरेललाई रक्षामन्त्री बनाइएको बताइएको छ ।

 

नेपाल र उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने पक्षमा उभिएका थिए । लगत्तै ओली र नेपालबीच पार्टी एकीकरण भएपछि बन्ने एकीकृत पार्टीको भावी अध्यक्षमा माधव नेपाललाई अगाडि सार्ने समहतिपछि खनाल राष्ट्रपतिको रिङबाट आउट भएका थिए ।

 

ओली र नेपालबीच भएको समहतिअनुसार ओलीपछिको दोस्रो नेताको रुपमा नेपाललाई अगाडि सारिने भएको छ । पार्टीमा जिम्मेवारी ओलीपछि रहेका महासचिव पोखरेललाई रक्षामन्त्री बनाएपछि नेपाल सक्रिय भएको बताइएको छ ।

 

भावी अध्यक्षको रुपमा ओलीले नेपाललाई अगाडि सार्ने समहतिअनुसार नेपालले नवौ महाधिवेशनदेखि सञ्चालन गर्दै आएको गुट ओली पक्षसँग मिलेको छ । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

 

विशेष