News विदेश

अाफूले पनि परमाणु बम बनाउने साउदी अरबको इरानलार्इ चेतावनी

अाफूले पनि परमाणु बम बनाउने साउदी अरबको इरानलार्इ चेतावनी

इरानले परमाणु बम बनाए अाफूले पनि परमाणु बम बनाउने साउदी अरेबियाले चेतावनी दिएको छ । साउदी अरबका रक्षामन्त्री समेत रहेका युवराज मोहम्मद बिन सलमानले मध्यपूर्वी क्षेत्रमै रहेको इरानले परमाणु बम बनाए आफूहरुले पनि त्यस्तै बम बनाउने चेतावनी दिएका हुन् ।

 

अमेरिकी समाचार संस्था सीबीएस न्यूजसँगको कुराकानीमा राजकुमार सलमानले आफ्नो देशले परमाणु हतियार राख्न नचाहे पनि इरानले परमाणु बम बनाए आफूहरुले पनि चाँडै त्यस्तै बम बनाउन सक्ने बताएका हुन्। सन् २०१५ मा इरानले परमाणु कार्यक्रम स्थगित गर्ने सम्झौता गरेको थियो।

 

तर हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो सम्झौताबाट इरान अलग हुनसक्ने बताएका थिए। साउदी अरेबिया अमेरिकाको प्रमुख सहयोगी राष्ट्र हो। उसले सन् १९८८ मा परमाणु हतियारविरोधी सन्धिमा हस्ताक्षर पनि गरेको छ।

 

मध्यपूर्वी क्षेत्रमा साउदी अरब र इरान परम्परागत रुपमै विरोधी मुलुक हुन्। दुवै देश इस्लामिक धर्मका अनुयायी भए पनि साउदी अरब सुन्नी समुदाय र इरान शिया समुदायबाट प्रभावित मुलुक हुन्।

विशेष