News

त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा आज बिदा

त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा आज बिदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त सबै कलेजहरुमा शुक्रबार बिदा दिइएको छ । पूर्वउपकुलपति डा. गोविन्दप्रसाद शर्माको निधनको शोकमा बिदा दिइएको हो ।

 

रजिष्ट्रार डिल्लीराम उप्रेतीका अनुसार विदा दिइए पनि पूर्वघोषित परीक्षाका कार्यक्रम भने यथावत् सञ्चालन हुनेछन् । डा. शर्माको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि बुधबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो ।

 

डा. शर्माको शव बिहीबार काठमाडौं ल्याई त्रिवि स्मृति भवनमा शोकसभा गरिएको थियो । विक्रम संवत् २०५९ मा डा. शर्मा त्रिभुवन विश्वविद्यालयको उपकुलपति भएका थिए ।

विशेष