News विदेश

अमेरिकामा आकाशे पुल भत्किंदा चार जनाको मृत्यु, १० घाइते

अमेरिकामा आकाशे पुल भत्किंदा  चार जनाको मृत्यु, १० घाइते

वासिंटन । अमेरिकाको मायामी शहरमा एउटा आकाशे पुल भत्किंदा चार जनाको मृत्यु भएको छ ।

 

फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटी नजिकै रहेको उक्त पुल भत्किँदा १० जनाभन्दा बढी घाइते भएका छन् । भग्नावशेषमा केही मानिस पुरिएको आशंकामा खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

 

आपतकालीन उद्दारकर्ताहरुले भग्नावशेषमा पुरिएका कारहरुमा फसेका मानिसलाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरुले चारवटा शव निकालेको अधिकारीहरुले जनाएका छन् ।

 

पुल निर्माणको काम गत शनिबारमात्र पूरा भए पनि पैदलयात्रुका लागि भने खुला गरिएको थिएन ।

 

फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीका विद्यार्थीलाई मोटरबाटो सुरक्षित रुपमा काट्न सकुन् भन्ने उद्देश्यले ९ सय ५० टनको आकाशे पुल निर्माण गरिएको हो ।

 

अत्याधुनिक विधिबाट उक्त पुल बनाइएको भनिए पनि पुल भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिने बताइएको छ । (एजेन्सी)

विशेष