News

सुनचाँदी पसलमा अागलागी

सुनचाँदी पसलमा अागलागी

उर्लाबारी । सुनबर्सी नगरपालिका–९ डाइनिया बजारका बृजलाल साहको सुनचाँदी पसलमा शुक्रबार साँझ आगलागी भएकाे छ र अागलागीबाट करिब चार लाख रूपैयाँ बराबरकाे क्षति भएको छ । 



साँझ ७ बजेतिर ग्यास सिलिण्डर चुहावट भई लागेको आगोले उनको रु ५० हजार तथा ३ तोला सुनको गहना र ३० तोला चाँदीसमेत जलेकाे हाे । र साे चार लाख ४५ हजार बराबरको क्षति भएको जनाइएको छ ।

 

आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

विशेष