विदेश

चिनियाँ राष्ट्रपति सी जिन पिङ सधैंभरि सत्तामा रहन पाउने

चिनियाँ राष्ट्रपति सी जिन पिङ सधैंभरि सत्तामा रहन पाउने

चिनियाँ राष्ट्रपति सी जिन पिङ अनन्तकालसम्म सत्तामा रहन पाउने प्रस्ताव चिनियाँ संसदले अनुमोदन गरेको छ ।

 

शनिबार बिहान चिनियाँ संसदले सीलाई दोस्रो पाँचवर्षे कार्यकालका लागि सत्तामा रहन पाउने प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । यसको अर्थ राष्ट्रपति सी अनन्तकालसम्म सत्तामा रहन सक्नेछन् ।

 

यसअघि कुनै पनि राष्ट्रपति दोस्रो कार्यकालभन्दा बढी सत्तामा रहन नपाउने व्यवस्था थियो । माओपछिकै शक्तिशाली मानिएका सीलाई नै अनन्तकालसम्म सत्तामा राख्ने व्यवस्था गर्नका लागि यसअघिको समयसीमा हटाउने प्रस्ताव संसदमा लगिएको थियो ।

 

संसदले त्यसलाई सर्वसम्मतिले पारित गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ ।

 

यसैबीच शनिबारकै चिनियाँ संसद बैठकले वाङ चिसानलाई उपराष्ट्रपतिमा चयन गरेको छ । वाङ सी निकट भ्रष्टाचारविरोधी पूर्वअधिकारी हुन् ।

विशेष