News खेल

दलित अधिकारका लागि लडेकाले कसरी चलाउलान् खेलकुद मन्त्रालय

दलित अधिकारका लागि लडेकाले कसरी चलाउलान् खेलकुद मन्त्रालय

क्रिकेटमा नेपालले एकदिवसीय मान्यता पाएको भोलिपल्ट सांसद जगत विश्वकर्मा खेलकुदमन्त्री बनेका छन् । पहिलो पटक संसद भवन प्रवेश गर्नुअघि उनी दलित अधिकार र मुक्तिका लागि लडेका नेता भनेर चिनिन्थे ।

 

यस्ताे पृष्ठभूमिबाट अाएका मान्छेले कसरी खेल क्षेत्रलार्इ सम्हालेर अगाडि लैजान सक्लान् ? धेरैकाे प्रश्न यही छ ।

 

‘मेरा लागि मन्त्रालयको अनुभव नै नयाँ हो भने खेलकुदको क्षेत्र त झनै नयाँ हो, ’नवनियुक्त खेलकुदमन्त्री विश्वकर्माले भने, ‘खेलकुद क्षेत्रमा लगानीको वातावरण बनाउन र यहाँका समस्या हल गर्न मसिनो गरी लाग्छु ।’

 

नेपाली क्रिकेटले एकदिसीय अन्तराष्ट्रिय मान्यता पाएको ऐतिहासिक क्षणमा आफूले खेलकुद मन्त्रालय सम्हाल्न पाएकोमा मन्त्री जगतले खुसी व्यक्त गरे । नेपाल क्रिकेट संघको निलम्बन फुकुवाका लागि विज्ञसँग सल्लाह गरेर र न्यायसंगत कदम चाल्ने उनले बताए ।

 

खेलकुद क्षेत्र पनि मुलुक समृद्धिको एउटा कडी भएकाे उनले बताए । 

 

खेलकुदमन्त्री विश्वकर्माले क्रिकेटको उत्साहलाई रोकिन नदिने र यसको मर्यादालाई अझ उठाउने प्रतिबद्धता पनि जनाएका छन् । ‘खेलको माध्यमबाट सिंगो देशलाई माथि उठाउने नीति तथा योजना बनाउँछु,’ उनले भने ।

विशेष