विदेश

अविश्वासको प्रस्तावबाट मोदी सरकारलाई कति खतरा ?

अविश्वासको प्रस्तावबाट मोदी सरकारलाई कति खतरा ?

काठमाडौं । मोदी सरकारको चार वर्ष पूरा हुनु २ महिनाअगाडि संसदमा अविश्वासको चुनौती सामना गर्नुपर्ने भएको छ । यो चुनौती कुनै अरु नभई दुई दिन अघिसम्म एनडीएको हिस्सा रहेको तेलगु देशम पार्टीले दिने भएको हो ।

 


आन्ध्र प्रदेशको विशेष राज्य दर्जा नमिलेकोमा रिसाइरहेको टीडीपीले सरकारलाई संसदमा अविश्वासको प्रस्ताव दिने घोषणा गरेको हो । यो प्रस्ताव सम्भवतः सोमबार पेश हुनेछ ।


वाईएसआर कांग्रेसले पनि यो प्रस्तावको समर्थन गरिरहेको छ । यति मात्र नभई मुख्य विपक्षी दल कांग्रेस, एआईएडीएमके, एआईएमआईएम र आम आदमी पार्टीले पनि अविश्वासको प्रस्तावलाई समर्थन गर्ने घोषणा गरेको छ ।

 


यदि यो प्रस्ताव पेश भयो भने मोदी सरकारविरुद्ध पहिलो अविश्वास प्रस्ताव पेश हुनेछ ।
बीबीसीबाट

विशेष