नेदरल्याण्ड्सलार्इ साताैं झट्का, ४० अाेभर कट्याे

नेदरल्याण्ड्सलार्इ साताैं झट्का, ४० अाेभर कट्याे

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भइरहेको 'प्लेअफ'मा नेदरल्यान्डको साताै‌ं विकेट पतन भएको छ। नेपालका लागि साेमपाल कामिले ३, सन्दिप र ललितले २-२ विकेट लिएका छन् ।

४१ अाेभर ७ विकेट गुमाउँदै नेदरल्याण्डले १४० रन जाेडेकाे छ ।

जिम्बाबेको क्वेक्वेस्थित क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा हुँदैछ। यो खेलमा नेपालले झन्डै दुई वर्षपछि नेदरल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। बलियो प्रतिद्वन्द्वी मानिएको पपुवा न्यूगिनीलाई बिहीबार ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त गरेको नेपाल सोही लयलाई निरन्तरता दिँदै बलियो प्रतिद्वन्द्वी नेदरल्याण्डलाई हराउने ध्येयमा रहेको छ।

 

नेदरल्याण्ड स्वभाविक रूपमा 'सुपर सिक्स'मा दाबेदार टिमका रुपमा रहेको थियो। दुई वर्ष लामो विश्व त्रिकेट लिग च्याम्पियनसिपका दौरान शीर्ष स्थानमा रहँदै एकदिवसीय मान्यता पाउँदै सोझै विश्वकप छनोटमा स्थान बनाउन सफल नेदरल्याण्डका लागि विश्वकप छनोट भने दुर्भाग्यपूर्ण रह्यो।

 

नेदरल्याण्डलाई पछि पार्दै यूएई सुपर सिक्समा पुग्दा नेदरल्याण्ड भने विश्वकप छनोटबाट बाहिरियो। तर नेदरल्याण्डले सातौं प्लेअफ भिडन्तका लागि भएको पहिलो प्लेअफमा हङकङलाई पराजित गर्दै नेपाललाई एकदिवसीय मान्यतामा पुर्‍याउन निर्णायक योगदान दिँदा यी दुईबीच प्रतिष्ठाका रूपमा रहेको खेलमा प्रतिस्पर्धात्मक हुनेछ। जित्ने टिमले आफूलाई सातौं स्थानमा उभ्याउनेछ।

संम्बधित खबर

विशेष