विदेश

सात वर्षदेखि किन भयाे सिरियामा युद्ध ?

सात वर्षदेखि किन भयाे सिरियामा युद्ध ?

सिरियाका राष्ट्रपतिविरुद्ध सात सालदेखि सुरु भएको शान्तिपूर्ण विद्रोह अहिले आएर गृहयुद्धमा परिणत भइसकेको छ । यो संघर्षमा साँढे तीन लाख मारिइसकेका छन् । कतिपय सहर ध्वस्त भएका छन् । धेरै देश तथा सहर छाडेर भाग्न बाध्य भएका छन् ।


संघर्ष सुरु हुनुभन्दा पहिले यो देशमा बढ्दो बेरोजगारी, भ्रष्टाचार र राजनीतिक स्वतन्त्रताको कमीको आलोचना भइरहेको थियो ।

 

कहिले सुरु भयो युद्ध ?
यो सबै सिरियाली राष्ट्रपति बसर अल असदको कार्यकालमा सुरु भएको थियो, जसले २००० मा आफ्नो पिता हाफिजको मृत्युपछि सत्ता सम्हालेका थिए ।


मार्च २०११ मा दक्षिणी सहर डेरामा लोकतन्त्रको आवाज सुरु भएको थियो । यो आन्दोलन छिमेकी देश अरबबाट प्रेरित थियो ।


जब सरकारले यसविरुद्ध बल प्रयोग गर्यो, तब पूरै देशमा राष्ट्रपतिको राजीनामा माग हुन लागेको थियो । जसका कारण पूरै देशमा अशान्ति फैलियो र सोहीअनुसार कारवाही बढाउँदै गयो ।


विपक्षी समर्थकले पहिले आफैंलाई सही साबित गर्न र आफ्नो क्षेत्रको सैनिक बलबाट स्वतन्त्र गराउन हतियार उठाए । र, बसर अल असदले विरोधीलाई तहसनहस पार्ने कसम खाए र उक्त विरोधी समूहलाई ‘विदेश समर्थित आतंकवाद’को नाम दिए ।


साेही अवस्थाबाट अहिले सिरियामा हिंसा निकै फैलियो र पूरै देश गृहयुद्धको चपेटामा पर्दै गयो ।

 

पछिल्लो समय यो युद्धले राष्ट्रपति असद र उनका विरोधीबीच मात्र नभएको र यसले आसपासका छिमेकी मुलुकमा समेत जातीय दंगा उत्पन्न हुन सक्ने खतरा निम्त्याएको छ ।

 

जसका कारण समस्या झनै जटिल बन्दै गइरहेको बीबीसीले बताएको छ । जसमा विभिन्न धार्मिक समूह पनि सामेल भएको बताइएको पाइएको छ ।

 

अहिलेसम्म कति मरे त ?
ब्रिटेनस्थित द सिरियन अब्जरबेटरी फर ह्युमन राइट्सले मार्च २०१८ सम्म साढे ३ लाख मानिस मरिसकेको पुष्टि गरेको छ । जहाँ १० लाखभन्दा बढी घाइते भएका छन् ।


यो सिरियामा भइरहेको आफ्नो सुत्रबाट पत्ता लगाइएको र त्यहाँबाट निगरानी गरिरहेको बताएको छ । उल्लेखित आँकडामा ५६ हजार मानिस सामिल गराइएको छैन जुन अझैसम्म बेपत्ता अवस्थामा छन् । र, उनीहरू मरेका हुन् या जिउँदै छन् केही पत्ता लागेको छैन ।

 

विशेष