चिनियाँ राष्ट्रपति निर्वाचनका १५ तस्बिर
बेइजिङ । चीनको संसदमा शनिबार बिहान भएको निर्वाचनबाट चिनियाँ वर्तमान राष्ट्रपति सि जिनफिङले नै निरन्तरता पाएका छन्। चीनको संसदका रुपमा रहेको राष्ट्रिय जन कंग्रेसको १३औँ बैठकले उनलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो।
उनको पक्षमा २ हजार ९ सय ७० मत खसेको थियो। ६४ वर्षीय सि केन्द्रिय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित भएका छन्।
यहि सम्मेलनदेखि वर्तमान राष्ट्रपति पिङलाई जिन्दगीभरका लागि राष्ट्रपति बन्ने बाटोसमेत खुलेको छ। गत हप्ता चिनियाँ संसद्ले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाउने निर्णय गरेको थियो।
उनले निर्वाचित भएलगत्तै संविधानअनुसार ग्रेट हल अफ द पिपुल्समा सपथ ग्रहण पनि गरिसकेका छन्। चिनियाँ राष्ट्रपतिले पुरानो संस्कारलाई तोड्दै ग्रेट हल अफ चाइनाभित्रै प्रतिनिधिहरुका बीचमा सपथ लिएका थिए।
चीनमा सन् १९९० को दशकदेखि राष्ट्रपतिका लागि दुइपक्षीय सीमा निर्धारण गरिएको थियो। गत अक्टोबरमा भएको कम्युनिष्ट पार्टी कंग्रेसले राष्ट्रपतिको सम्भावित उत्तराधिकारी पेश गर्ने परम्परालाई खारेज गरेको थियो। त्यसपछि नै उनको कार्यकाल लम्बिने स्पष्ट भएको थियो।
आफ्नो नाम र राजनीतिक सिद्धान्तलाई पार्टीको विधानमा लेखाउँदै राष्ट्रपति पिङले राजनीतिक शक्तिलाई एकत्रित गरेका थिए। जसबाट उनको उचाई पार्टीका संस्थापक माओ जेदोङभन्दा माथि पुगेको बताइएको छ।
संविधानमा राष्ट्रपति जिन पिङको राजनीतिक दर्शन ‘सि जिन पिङको सोच’लाई पनि पारित गरिएको छ। सो दर्शन गत अक्टोबरमा नै पार्टीले अनुमोदन गरिसकेको छ। अधिकारीहरुका अनुसार सो दर्शन समाजवादका लागि भावि समयमा चिनीया प्रवृत्ति कस्तो हुने भन्ने विषयमा केन्द्रित छ।
राष्ट्रपतिको दस्तावेजमा राज्यका सबै स्कुल तथा कलेजका विद्यार्थी तथा कर्मचारीलाई राजनीतिक विचारधारालाई अनिवार्य अध्ययन गर्नुपर्ने उल्लेख छ। जसलाई आधुनिक चीनको एक अध्यायको रुपमा हेरिएको छ।
सि जिन पिङ सन् २०१२ मा पहिलो पटक राष्ट्रपतिमा नियुक्त भएपछि चीनलाई विश्वकै एक क्षत्रीय शक्तिको रुपमा विकति गर्दै आफ्नो प्रभावलाई समेत बढाउन सफल भएका छन्।
चिनियाँ राष्ट्रिय जन कंग्रेसको १३औँ बैठकमा राष्ट्रपतिमा सि जिनपिङलाई निर्वाचित गर्दाका केहि तस्विरहरु: