News राजनीति

देउवाले यसरी राेकिदिए महामन्त्रीको कोइरालाकाे बोली

देउवाले यसरी राेकिदिए महामन्त्रीको कोइरालाकाे बोली

काठमाडौं । कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट चुनिने भएको छ। सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेपछि निर्वाचन हुने पक्का भएको हो।

 

महामन्त्री डा. शशांक कोइरालाले पार्टीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा निर्वाचित सांसद तथा केन्द्रीय सदस्यलाई दिएका दिवाभोजमा बुधबार सभापति देउवाले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेका हुन् । नेता सिंहले पनि आफू दाबेदार रहेको बताए ।

 

अर्का आकांक्षी महामन्त्री डा. कोइरालाले भने प्रतिस्पर्धा गरेर दलको नेता बन्ने दौडमा नलाग्ने बताए । डा. कोइरालाले आफू सर्वसम्मत संसदीय दलको नेता बन्ने प्रस्ताव राख्न भेट्न जाँदा सभापतिले नै म उम्मेदवार बन्छु, सहयोग गर्नु भनेपछि आफ्नो बोली नै बन्द भएको बताए ।

 

‘म सभापतिजीलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्छु भन्नका लागि भेट्न गएको थिएँ । तर, उहाँले आफैँ संसदीय दलमा उम्मेदवार बन्छु, सहयोग गनुस्, भन्नुभयो,’ कोइरालाले भने, ‘सर्वसम्मत संसदीय दलको उम्मेदवार बनाउनुस् भन्न गएको, तर उहाँ नै उम्मेवार बन्छु भनेपछि मेरो बोली नै फुटेन।’ याे खबर अाजकाे नयाँ पत्रिका दैनिकममा छ ।

विशेष