पुराना सिम ब्लक या बन्द नगराउँदा यस्ता समस्या आउन सक्छन्
आफूले चलाउँदै आएको सिम निकै महत्वपूर्ण हुन्छ । किनकि जसबाट तपाईले फेसबुक, ट्वीटर, इमेल एकाउन्ट खोल्नुभएको छ भने उक्त सिम सुरक्षित राख्नुस् । या जहाँ सो सिमकार्डको नम्बर प्रयोग गरिएको छ नयाँ लिएपछि तुरुन्त बदल्नुस् ।
तर, यदि कसैले आफूले पहिला चलाउँदै आएको र अहिले चलाउन छाडेको ६ महिनासम्म पनि कम्पनीलाई जानकारी नदिई ब्लक गरिएन भने कम्पनीले उक्त सिम अर्कैको नाममा प्रदान गर्छ ।
जसबाट इमेल लगायत पुरानो प्रयोगकर्ताले प्रयोग गरेको सबै इन्टरनेटमा पहुँच पु¥याउन सक्छ र आपराधिक घटना बढाउन सक्छ ।
त्यसैले पुराना सिमको सही व्यवस्थानका लागि प्रयोग गर्न छाडेपछि तुरुन्त ब्लक या कम्पनीलाई खबर गर्नुपर्छ । जसबाट आफू सुरक्षित हुन सकिन्छ ।